भरतपुर महानगरपालिका प्रमुख र उपप्रमुखबीच विवाद चर्किएको छ । उपप्रमुख पार्वति शाहले महानगरपालिकामा अनियमितता भएको जनतालाई जानकारी दिएपछि विवाद चर्किएको हो । उनले प्रचण्ड पुत्री मेयर रेणु दहालकै कारण महानगरपालिकामा अनियमितता बढेको आरोप लगाएकी हुन् । उनले रेनु दाहाललाई मेयरमा जिताएर गल्ती महसुस भएको पनि जिकिर गरिन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट उपमेयरमा…