काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतले पहिलो सफलता हात पारेको छ । अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा २४१ रनको विजयी लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाले पहिलो विकेट गुमाएको हो । अस्ट्रेलियाको डेविड वार्नरको विकेट मोहम्मद शामीले लिएका हुन् । वार्नरले तीन बलमा एक चौकाको मद्दतमा सात रन जोडे ।