स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३-१ गोल अन्तरले हराएको हो ।घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले सहज जित निकालेको हो । बार्सिलोनाको जितमा जेराड पीके,लियोनल मेस्सी र लुइस स्वारेजले एक एक गोल गरे । भालेकानोका राउल डी टोमसले एक गोल गरे…