कोरोना भाइरसका कारण लकडाउनले काम गर्ने ठाउँमा थुनिएपछि पैदलै घर फर्किँदै गर्दा धादिङको ज्वालामुखी गाउँपालिका - ५ खरीका एक युवाको पुलबाट खसेर मृत्यु भएको छ । चितवनमा मुजदूरी गर्दै आएका ३८ वर्षीय होमबहादुर रानाको आफ्नै गाउँनजिकैको बुङकोटघाट पुलबाट खसेर मृत्यु भएको हो । ज्वालामुखी गाउँपालिका-५ स्थित बाँझोघर स्थाई घर भएका राना रोजगारीको लागि सपरिवार चितवनमा…