अशोक वेल्बासे, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–५ स्थित आलम देवी भगवती मन्दिर परिसरमा हरेक वर्षझैँ यस वर्ष पनि पूर्णिमा मेला भव्य रूपमा सम्पन्न भएको छ। नव दुर्गा पूजासँग सुरु भएको यो धार्मिक यात्रा पूर्णिमाको दिन माईको मेडो बिसर्जनसँगै समापन भएको हो। मेला अवधिभर दैनिक पूजापाठ, भजनकीर्तन, मौलिक सराय नाच, सांस्कृतिक प्रस्तुति र भक्तजनहरूको उत्साहपूर्ण…