Logo

कर्पोरेट फोकस

कञ्चनपुर जिल्लामा खुल्याे हिमालयन बैंकको पहिलो शाखा



हिमालयन बैंकले सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुष २६ गते सोमबारदेखि महेन्द्रनगरस्थति उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुरपश्चिम प्रदेशको आठौं शाखा हो । बैंकले उक्त शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने जनाएकाे छ ।

महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरुसहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए । योसँगैं बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४८ र ५ हजारभन्दा बढी पिओएस टर्मिनल्स संख्या पुगेको छ ।

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार २०:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।