सेञ्चुरी कमर्सियल बैंकको ६.५ प्रतिशत लाभांश पारित भएकाे छ । बैंककाे एघारौं वार्षिक साधारण सभामा संचालक समितीद्वारा प्रस्तावित उक्त लाभांश पारित भएकाे हाे ।
साधारण सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित ५.७५ प्रतिशत बोनस शेयर तथा ०.३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेकाे हाे ।
यस्तै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१५ शेयर संरचनालाई ५१५ हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।
सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १०८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।





















प्रतिक्रिया