Logo

कर्पोरेट फोकस

नबिल बैंककाे ३८ प्रतिशत लाभांश पारित, अध्यक्षमा पुन: पाैडेल नियुक्त



नबिल बैंककाे ३८ प्रतिशत लाभांश पारित भएकाे छ । बैंककाे वार्षिक साधारण सभामा संचालक समितीद्वारा प्रस्तावित उक्त लाभांश पारित भएकाे हाे ।

साधारण सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित ३३.६०५ प्रतिशत बोनस शेयर तथा ४.४०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेकाे हाे ।

आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

यसैगरी सभाले आ.व. २०७८/७९ को लागि वाह्य लेखापरीक्षकहरु श्री एसएआर असोसिएटस चार्टड एकाउन्टेन्टस तथा पिजिपिएन एण्ड को चार्टड एकाउन्टेन्टस लाई संयुक्त रुपमा लेखापरीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।

सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई) का लागि उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लि. लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको थियो ।

साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुन उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । पौडेल मंसिर १५ देखि बैंक संचालक समिति एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आएकोमा आजै सम्पन्न साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार १७:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।