Logo

बैंकिङ

मेगा बैंकबाट भक्तपुर जिल्लामा सीसीटीभी जडान गर्न सहयोग



मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग गरेको छ ।

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका पदाधिकारीलाई सीसीटीभी खरिदका लागि २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा समितिका संयोजक प्रदीपकुमार श्रेष्ठ, कोषाध्यक्ष नविन प्रजापती, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्रनाउ राजु पाण्डेको सहभागिता थियो ।

भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सीसीटीभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको सीईओ खुञ्जेलीले बताइन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार १८:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।