काठमाडौँ । काठमाडौँ उपत्यकाका भित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक अन्य सबै काम एक साताका लागि बन्द हुने भएको छ ।
कोरोना जोखिम बढ्दै गएको अवस्थामा आइतबार बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनामा अत्यावश्यक अन्तर्गत शान्ति–सुरक्षा, ठाडो उजुरीलगायत बाहेकका नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ–संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको छ उल्लेख गरिएको छ ।






















प्रतिक्रिया