Logo

कर्पोरेट फोकस

कामना सेवा बैंककाे खुद सञ्चालन आम्दानी १ अर्ब, यस्ता छन् अन्य परिसुचक



कामना सेवा विकास बैंकको खुद सञ्चालन आम्दानी २१ प्रतिशतले बढेको छ । बैंकले चालु आवको दोस्रो त्रैमासिकमा गत आर्थिक वर्षको सोही त्रैमासिकको तुलनामा २१ प्रतिशतले खुद सञ्चालन आम्दानी बढाएको हो ।

बैंकका अनुसार बैंकले करिब १ अर्ब खुद सञ्चालन आम्दानी गरेको छ । यस्तै, बैंकको निक्षेप ४८.९२ अर्ब पुगेको छ भने कर्जा ४४.९० अर्ब पुगेको छ । जुन गत वर्षको दोस्रो त्रैमासकिको तुलनमा क्रमशः १०.६९५ र १०.९८५ बढी हो ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२।.३२५ कायम गरेको छ भने प्रति शेयर आम्दानी २१.८७ रहेका छ। बैंकको हालको चुक्तापूँजी ३.१४ अर्ब र जगेडा कोषमा ९.६७ करोड रुपैयाँ छ ।

साथै निष्कृय कर्जा अघिल्लो त्रैमासिकमा १।७९५ रहेकोमा यस त्रैमासिक सम्ममा १.७७५ मा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५.७४, प्रति शेयर नेटवर्थ १३३.०२ र आधार दर ९।२७५ छ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार १९:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।