काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक आफै अवैध कारोबारमा संलग्न भएको विषय बाहिर आएको छ । बैंकको दाङ शाखाबाट गैर कानूनी रुपमा ठूलो कारोबार हुने गरेको केही दिन अघि खुलेको थियो । ५० लाख ठगी प्रकरणमा विकास पुन भन्ने व्यक्ति समातिए पछि यो घटना बाहिर आएको हो । यो घटनामा सांग्रिला बैंकका एक जना हाकिम पक्राउ परे पनि अहिले छुटिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्ले घटनामा संलग्न विकास पुनः हरिासतमै रहेको अनलाइनपानालाई जानकारी दिए । घटनामा सांग्रिला डेभलपमेन्ट बैंक दाङ शाखाका हाकिम समेत समातिएका थिए । तर उनी अहिले छुटिसकेका छन् । अनलाइनपानालाई एसपी काफ्ले दिएको जानकारी अनुसार सोधपुछ पनि उनलाई छाडिएको हो ।
के हो घटना ?
ठगी मुद्दामा प्रहरीले दाङका विकास पुनलाई पक्राउ गरेको छ । कपिलबस्तु जिल्लाको बाणगंगा–४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुनलाई काठमाडौंमा पक्राउ गरेको थियो । घोराही उपमहानगरपालिका–१५ का पुनविरुद्ध कपिलबस्तुका थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरिहरेको छ ।
ठगी मुद्दामा पक्राउ परेका पुनलाई अवैध कारोबारमा बैंककै कर्मचारीहरुको सहयोग रहेको पाइएको छ । सो मुद्दामा सांग्रिला डेभलपमेण्ट बैंक घोराही शाखाका म्यानेजर पक्राउ परे । जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानको क्रममा घोराहीको मनटावरमा रहेको सांग्र्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन विष्टलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शाखा कार्यालयबाटै म्यानेजर विष्टलाई पक्राउ गरेको जनाएको छ ।
उनले ठगीमा समातिएका पुनको पैसा आदानप्रदान गर्ने कार्यमा विष्टले सघाएको अनुसन्धानको क्रममा देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । ठूलो रकम स्रोत पुष्टि नगरेर बैंकमार्फत् पुनलाई दिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ । यद्यपि, यसको अनुसन्धान भने सकिएको छैन ।
लामो समयदेखि ठगेर फरार रहेका पुनलाई सिआईबीको प्रहरी टोलीले काठमाडौंमा पक्राउ गरेपछि दाङ लगेर हिरासतमा राखेर अनुसन्धान गरिरहेको भए पनि बैंक म्यानेजरलाई भने छाडेको छ । श्रोतका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अवैध कारोबारमा मुछिएका बैंक म्यानेजर विष्टलाई छुटाउन भूमिका खेलेका छन् ।
छुटाउनु भयो की ?
फलोअप : ५० लाख ठगी प्रकरणमा सांगिला बैंकको ‘कनेक्शन’
ठगी प्रकरणमा मुछियो सांग्रिला बैंक, कार्यालयबाटै समातिए बैंकका हाकिम
सांग्रीला बैंकमा भीआरएस आतंक : कर्मचारीको जागिर चैट ! जनताको पैसाको दोहन
सांग्रिला बैकको अर्को बदमासी बाहिरियो, कमिसनको चक्करमा खराब कर्जा प्रवाह
साँग्रिला बैंकमा अर्पणाको हालिमुहाली, सिईओ श्रेष्ठ निरीह हुँदा कर्मचारी असुरक्षित
सांग्रिला बैंकमा नोकरशाही आतंक, राम्रा कर्मचारी निकालिदा यसरी डुब्दैछ बैंक





















प्रतिक्रिया