Logo

कर्पोरेट फोकस

फलोअप : ५० लाख ठगी प्रकरणमा सांगिला बैंकको ‘कनेक्शन’



५० लाख ठगी प्रकरणमा सांग्रिला डेलपमेन्ट बैंककै ठूलो कमजोरी देखिएको छ । बैंककै संलग्नतामा अवैध कारोबारलाई जोड गरेको पाइएको छ । ठूलो रकमको कारोबार गर्दा बैंकले श्रोत खोज्नु पर्ने हुन्छ । तर केही अपराधिक व्यक्तिहरुको मिलेमतोमा बैंकले गैर कानूनी कामहरु गरिराखेको पाइएको हो ।

सांग्रिला डेलपमेन्ट बैंकको दाङ शाखाका म्यानेजर सुदर्शन विष्टको प्रत्यक्ष संलग्नतामा यस्तो कारोबार हुने गरेको दाङ प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार गैर कानूनी काममा बैंककै हाकिमको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको छ ।

५० लाख ठगी मुद्दामा दाङ घोराहीका विकाश पुन केही दिन पहिले पक्राउ परेका थिए ।सो मुद्दामा साङ्ग्रिला डेभलपमेण्ट बैंक घोराही शाखाका म्यानेजर पक्राउ परेका हुन् । पक्राउ परेका विष्टलाई पनि प्रहरीले हाजिरी जमानतमा छाडेको छ । श्रोतले दिएको जानकारी अनुसार आफ्नो म्यानेजर छुटाउनका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले निकै सक्रियता देखाएका थिए ।

सीईओ श्रेष्ठको सक्रियताले कतै उनकै निर्देशनमा म्यानेजर विष्टले यस्तो गैर कानूनी काम त गरेनन् भन्ने शंका उब्जिएको छ । ‘सीईओ सापले देखाउनु भएको सक्रियताले दालमा कुछ काला हे भने जस्तै देखिन्छ’ बैंक निकट श्रोत भन्छ, ‘कि त सीईओ सापकै निर्देशनमा भएको हुनुपर्छ, नत्र गैर कानूनी काम गर्ने कर्मचारीलाई जोगाउन यसरी लाग्नु हुँदैन थियो ।’

यो घटना बाहिरिएपछि हामीले सीईओ श्रेष्ठलाई पक्राउ परेका म्यानेजर छुटाउन पहल गर्नु भएको हो ? भनेर प्रश्न पनि गरेका थियौँ । सीईओ श्रेष्ठले जवाफ नै दिन सकेनन् । मेसेज हेरेर रिप्लाई नगरेका सीईओ श्रेष्ठले फोनमा भने आफू अहिले ड्राइभिङमा रहेको र पछि कल ब्याक गर्ने बहाना बनाएर तर्किए । उनको शैलीले पनि यस प्रकरणमा आफै संलग्न त छैनन् भन्ने प्रश्न उब्जिएको छ ।

ठगी प्रकरणमा मुछियो सांग्रिला बैंक, कार्यालयबाटै समातिए बैंकका हाकिम

सांग्रीला बैंकमा भीआरएस आतंक : कर्मचारीको जागिर चैट ! जनताको पैसाको दोहन

सांग्रिला बैकको अर्को बदमासी बाहिरियो, कमिसनको चक्करमा खराब कर्जा प्रवाह

साँग्रिला बैंकमा अर्पणाको हालिमुहाली, सिईओ श्रेष्ठ निरीह हुँदा कर्मचारी असुरक्षित

सांग्रिला बैंकमा नोकरशाही आतंक, राम्रा कर्मचारी निकालिदा यसरी डुब्दैछ बैंक

साँग्रिला बैंकमा अर्पणा आतंक, बैंकको साख र कारोबारमा धक्का

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार ११:४३   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।