Logo

कर्पोरेट फोकस

गरिमा विकास बैंकका ग्राहकलाई गोल्डस्टार जुत्ता किन्दा छुट १५ प्रतिशत छुट



गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ता किन्दा छुट पाउने भएका छन् । बैंक र गोल्डस्टारबीच आइतबार यसबारे सम्झौता भएको हो ।

सम्झौता अनुरुप गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्नुहुँदा तत्काल १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू नहुने बैंकले जनाएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १७:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।