Logo

कर्पोरेट फोकस

नेपाल बैंकका कर्मचारी र ग्राहकहलाई बि.एण्ड बि हस्पिटलको सेवामा विशेष छुट



नेपाल बैंकका कर्मचारीहरु एवं ग्राहकहरुलाई काठमाडौं बि।एण्ड बि. हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच सोमबार यसबारे सम्झौता भएको हो ।

यस सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् ।

बि।एण्ड बि। हस्पिटल ग्वार्को ललितपुरमा भएको उक्त सम्झौता पत्रमा बि।एण्ड बि।हस्पिटलका तर्फबाट प्रा।डा।अशोक कुमार बांस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृण्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १९:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।