Logo

सुरक्षा/अपराध

प्रेस काउन्सिलद्वारा १६ युट्युब च्यानललाई कारबाही लागि सिफारिस (सूचीसहित)



काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारजगतलाई आग्रह गरेको छ ।

आज प्रेस काउन्सिल नेपालले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार क्षेत्रलाई आग्रह गरेको हो ।

प्रेस काउन्सिलले पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जाल (युट्युब) बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति गम्भीर ध्यानाकषर्ण भएको छ ।

आचार संहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता र सूचीकरण नभएका १० वेब पोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको काउन्सिलले जानकारी दिएको छ। यस्तै कुनै मिडियाअन्तर्गत आबद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरिएको पनि जानकारी दिएको छ।

विभिन्न सञ्चार माध्यम, वेबपोर्टल र खासगरी युट्युब समेतबाट व्यक्तिगत गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको छ ।

कारवाहीमा परेका १६ युट्युब च्यानल :

१. टिसिने नेपाल

२. सुपर अनलाइन

३. ए वान समाचार

४. मिडिया ताजा खबर

५. नेपाली मन मिडिया

६. पुमा गौरव राई

७. नौलो शुभ अनलाइन

८. नयाँ खोज नेपाल

९. लक्ष्मण म्युजिक मिडिया

१०. अर्घाखाँची मिडिया

११. विशाल नेपाल

१२. मुन अफ नेपाल

१३. डिएमजी नेपाल

१४. नेपाली माटो

१५. समर्पित प्रकाश

१६. राताेपाटी मिडिया

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार २०:४१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।