Logo

कर्पोरेट फोकस

महालक्ष्मी विकास बैंकले बैतडीको विद्यालयलाई दियो खेलकुद सामाग्री



महालक्ष्मी बिकास बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुमेश्वर माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले बैतडीको पाटन ̵ ४ स्थित विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।

बैतडीले भलिबल खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेकाले उक्त क्षेत्रका खेलाडीहरुलाई खेलप्रति थप हौसला प्रदान सामाग्रीहरु हस्तान्तरण गरिएको पाटनका शाखा प्रबन्धक विजय शाहले बताए ।

यस्तै बैंकको यस सहयोगबाट विद्यार्थीहरु निकै उत्साहिल भएको विद्यालयका प्रधानाध्यापक विरेन्द्र बहादुर चन्दले बताए ।

बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार ११:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।