Logo

अर्थ

सुनको भाउ लगातार घट्दै, चाँदीमा पनि उस्तै



नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

हिजो मंगलबार पनि सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार ११:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।