Logo

कर्पोरेट फोकस

बेलायतको टेङ्गोपेबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु



इसेवा मनी ट्रान्सफर र बेलायतबाट विश्वका ४० भन्दा बढी मुलुकमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको टेङ्गोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । इसेवाले विश्वका २०० भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्राउँदै आएको छ ।

यस सम्झौतासँगै बेलायतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा टेङ्गोपेको मोबाइल एप तथा वेबसाइटबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा तुरुन्तै पठाउन सकिनेछ ।

विदेशबाट टेङ्गोपेमार्फत् अनलाइन पठाएको रेमिट्यान्स नेपालभर रहेका १८ हजार बढी भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ ।

रेमिट्यान्ससम्बन्धी सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट सीईओ, अजेस कोइराला र टेङ्गोपेको तर्फबाट निर्देशक बसिर संगर्वालले हस्ताक्षर गरे । तीन महिनाका लागि कुनै शुल्क नलाग्ने इसेवाले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १३:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।