Logo

कर्पोरेट फोकस

पुनः १५ अर्ब ३२ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक



नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः १५ अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत २१ गते पनि राष्ट्र बैंकले ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति चैत २९ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।

बिक्री गरिने उक्त ट्रेजरीहरुमा क्रमशः ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ ।

जसमध्ये ९१ दिनेको २०७९ असार २८ गते, एक सय ८२ दिने अवधिको २०७९ असोज २५ गते र तीन सय ६४ दिने अवधिको २०७९ चैत २८ गते परिपक्व हुने अवधि तोकिएका छन् ।

राष्ट्र बैकका अनुसार आज बिक्री हुुने ती ट्रेजरीमा पाँच अर्ब रुपैयाँ बराबरको नयाँ रहेको छ भने बाँकी पुरानो नवीकरण अन्तर्गतको रहेको छ ।

यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको नौ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो । (आर्थिक दैनिकबाट)

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार १९:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।