Logo

बैंकिङ

सिद्धार्थ बैंकलाई ‘कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ को उपाधि



काठमाण्डौ । राउन्ड टेबल नेपालले वैशाख ३ गते आयोजना गरेको ‘कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जित्न सफल भएको छ ।

महाराजगन्जस्थित ढुकु फुटसल मैदानमा शनिबार भएको फाइनल खेल निर्धारित समयसम्ममा आइपुग्दा १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्पर्धी टिमलाई ३–२ गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधि जितेको हो । टाइब्रेकरमा सिद्धार्थ बैंकका तर्फबाट शान्तिराम कार्की, राजु श्रेष्ठ र रामसुन्दर कोजुले गोल गरेका थिए ।

उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकका तर्फबाट दीपेन्द्र खड्का उत्कृष्ट गोलरक्षकका रुपमा पुरस्कृत भएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार १७:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।