काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ क्रमिक बचत खाता’ ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको निक्षेपकर्तालाई अत्यन्त लाभदायी योजना रहेको जनाएको छ ।
मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्दति खाताको विशेषताहरुलाई समेटिएको बैंकले जनाएको छ। उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्यूनतम १ वर्षदेखि १० वर्ष अवधिसम्मका लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दति खातामा पाइनेब्।राबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यसका साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुनः सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतिकै ब्याज प्रदान गर्ने भएको ग्राहकलाई उच्चतम लाभ हुने बैंकले जनाएको छ । यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहने ग्राहकलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।





















प्रतिक्रिया