काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठकको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएको छ । गत जेठ १२ गतेदेखि १६ गतेसम्म उदयपुरमा सम्पन्न केन्द्रीय समितिको निर्णय आगामी शुक्रबार राष्ट्रिय नाचघर जमलमा पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको हो ।
विप्लव समूहको बैठकले असोज १ गते पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय गरेका छन् । पार्टीबाट धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली निस्किएपछि पहिलोपटक विप्लव समूहको बैठक बसेको हो ।
हाल विप्लवले नेकपालाई नै निरन्तरता दिएको छ भने बास्तोला ओली समूहले नेकपा बहुमत पुनर्गठन गरेका छन् । बास्तोला–ओली पक्षले पार्टी महाधिवेशन आगामी फागुन १ गते गर्ने निर्णय गरेका छन्।




















प्रतिक्रिया