Logo

समाचार

ट्याक्टरकाे ठक्करबाट बालिका गम्भीर घाइते



अर्घाखाँची । ट्याक्टरकाे ठक्करबाट अर्घाखाँचीमा एक बालिका गम्भीर घाइते भएकी छन् । लु४त ६३६२ नम्बरकाे ट्याक्टरकाे ठक्करबाट भूमिकास्थान-३ निवासी १७ वर्षीया निशा भुसाल घाइते भएकी हुन् ।

सन्धिखर्क- १ शान्ति बगैँचा चाेकमा बाटाेमा हिडिँरहेकी भुसाललाई ठक्कर दिएकाे ट्याक्टरलाई प्रहरीले नियत्रणमा लिएकाे छ । टाउकाे र खुट्टामा गम्भीर चाेट लागेकी भुसाललाई थप उपचारकाे लागि बुटवल रिफर गरेकाे र बिरामीकाे अवस्था गम्भीर रहेकाे अर्घाखाँची अस्पतालले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १३:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।