Logo

अर्थ

केराउ, सुपारी र मरिचको आयात खोलियो



काठमाडौं । सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुला गरेको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुला गरेको हो ।

यी तीन वस्तुको आयातमा गत आर्थिक वर्षदेखि सरकारले प्रतिबन्ध लगाएको थियो । सरकारले प्रतिबन्ध खोल्दै केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक कच्चा पदार्थका रूपमा गर्न मिल्ने जनाएको छ ।

‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, केराउ, सुपारी र कालो मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पुरा गरेर चालू आर्थिक वर्षका लागि मात्र कच्चा पदार्थको रूपमा पैठारी गर्न अनुमति दिने निर्णय भएको छ,’ प्रकाशित राजपत्रमा भनिएको छ । 

यसअघि सरकाले राजपत्रमा सूचना निकालेर २०७६ को चैत २४ गतेदेखि यी वस्तुको आयात प्रतिबन्ध लगाइएको जनाएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार ०८:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।