Logo

कर्पोरेट फोकस

बैंक डुव्दै गएपछि सनराइज बैंकले शेयरधनीलाई लाभांश दिन नसक्ने



सनराइज बैंकले नाफा कमाउन नसकेपछि लाभांश वितरण नगर्ने भएको छ । बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को वित्तीय विवरण पारित गर्दै लाभांश बितरण नगर्ने बैंकले सूचना मार्फत जनाएको छ ।

बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने जनाएको छ । बैंकको आर्थिक वर्ष २०७८-७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण र अनुसूचिहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको छैन ।

स्वीकृति भए पश्चात् बैंकको अगामी वार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गरिने छ । हाल उक्त बैंक सुमन शर्माले नेतृत्व गरेका छन् भने बैंकको संचालक समिति अध्यक्षमा मोतीलाल दुगड रहेका छन् ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १७:१३   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।