Logo

कर्पोरेट फोकस

प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच रेड पान्डालाई आहारा उपलब्ध गराउने सम्झौता



काठमाण्डौ । प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच रेड पान्डालाई एक वर्षका लागि आहारा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख रचना शाहद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषद्वारा सञ्चालित सदर चिडियाखानामा रहेका दुईवटा रेड पान्डाका लागि एक वर्षसम्म आहारा उपलब्ध गराउने व्यवस्था मिलाउनेछ ।

सदर चिडियाखानाद्वारा सञ्चालित ‘एडप्ट एन एनिमल’ अभियानअन्तर्गत गरिएको यस सम्झौताबाट रेड पान्डाजस्तो लोपोन्मुख वन्यजन्तुको संरक्षणको क्षेत्रमा विशेष योगदान पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । यसका साथै मुलुकले लिएको दिगो विकास लक्ष्यहरु २०३० को प्राप्तिका लागि पनि बैंकको उक्त कार्यबाट टेवा पुग्नेछ भन्ने विश्वास लिएको छ ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १८:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।