Logo

कर्पोरेट फोकस

कुमारी बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता



कुमारी बैंक र स्पार्क हेल्थ होम प्रालिबीच सम्झौता भएको छ । स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यका साथ भएको स्पार्क र कुमारी बैंकबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा कुमारी बैंकका डिजिटल मार्केटिङ प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थ होमका प्रबन्ध निर्देशक हरिशरण रिजालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले स्पार्क हेल्थ होमबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट(क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा उपचार खर्च तथा औषधि सेवामा १० प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ०९:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।