Logo

कर्पोरेट फोकस

एक सातामै बैंकिङ प्रणालीमा थपियो रु. ४३ अर्ब निक्षेप



पछिल्लो एक साताको अवधिमा बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार माघ ३ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५३ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । गत पुस २५ गतेसम्म कुल निक्षेप ५३ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो । यो हिसाबले यो एक साताको अवधिमा बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।

यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप ३५ अर्ब रुपैयाँले बढेको छ । गत पुस २५ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४६ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा माघ ३ गतेसम्म बढेर ४७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि ३९ अर्ब रुपैयाँले बढेको छ । गत पुस २५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब ७८ अर्ब रुपैयाँ रहेकोमा माघ ३ गतेसम्म बढेर ४८ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि यो अवधिमा ३७ अर्ब रुपैयाँले बढेर माघ ३ गतेसम्म ४२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । गत पुस २५ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब ३० अर्ब रुपैयाँ थियो ।

माघ ३ मा बैंकहरुको औसत सीडी रेसियो ८६.६४ प्रतिशत कायम भएको छ। गत पुस २५ गते औसत सीडी रेसियो ८६.६५ प्रतिशत थियो ।

अन्तरबैंक ब्याजदर भने माघ ३ मा बढेर ७.२२ प्रतिशत पुगेको छ। गत पुस २५ मा अन्तरबैंक ब्याजदर ६.१४ प्रतिशत थियो ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार ०९:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।