काठमाडौं । कम्जोर अबस्थामा रहेको एनएमबी बैंकले आफूलाई अब्बल देखाउन ठुलो धनरासी खर्चेर एवार्ड खरीद गर्ने गरेको तथ्य खुलेको छ । उसले लिएका पछिल्ला केही अवार्डमा मोटो रकम भूक्तानी गरिएको पाइएको हो ।
नेपाल राष्ट्र बैंकले त्यस्ता सम्मान र अवार्ड लिन नपाउने नीति लिएको छ । तथापी एनएमबी बैंकले राष्ट्र बैंकको नीतिलाई ठाडै चुनौती दिँदै मोटो रकम खर्चेर अवार्डहरु खरीद गर्ने गरेको छ ।
उक्त बैंकका सिइओ सुनील केसीले यसरी खरीद गरेका अवार्डलाई प्रचारप्रसार गरेर विदेशी निकायहरुमा आफू राम्रो सिइओ भएको प्रमाण पेश गर्ने गरेका छन् । सन् २०१८ बाटै उक्त बैंकले यस्ता अवार्डहरु खरी गर्दै आएको छ । सन् २०२१ मा बेलायतको ‘दि बैंकर म्यागजिन’ले हरेक वर्ष वितरण गर्ने ‘बैंक अफ दि इयर’ अवार्ड एनएमबी बैंकले खरिद गरेको थियो ।
त्यसैगरी एनएमबी बैंकले ‘बैंक अफ दि इयर नेपाल’ नामको अर्को अवार्ड पनि खरीद गरेको छ । अवार्ड हत्याउनका लागि आयोजक समक्ष गलत तथ्यको रिपोर्ट बुझाउने र आयोजकलाई आर्थिक सहयोग भन्दै मोटे रकम बुझाउने सम्मको काम एनएमबि बैंकले गर्दै आएको छ । (बैंकले खरिद गरेका अनगिन्ति अवार्ड विवरण सहितको रिपोर्ट अर्को अंकमा प्रकाशित गरिने छ ।)
यो पनि
बैंकका सीईओ केसीको ठाडो हस्तक्षेप, एनएमबी लघुवित्त संकटमा [भाग-२]





















प्रतिक्रिया