Logo

अर्थ

आफूमाथि लागेका आरोपबारे आफ्नो धारणा स्पष्ट पार्न धिबो अध्यक्षसँग लगानीकर्ताको माग



काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमाललाई आफूमाथि लागेको आरोपबारे आफ्नो धारणा स्पष्ट पार्न लगानीकर्ताहरुले माग गरेका छन् ।

नेपाल सेयरधनी संघले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । ‘नेपालको पुँजीबजारको सर्वोच्च नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालका बारेमा विभिन्न सञ्चारमाध्यममार्फत प्रवाह भएका समाचारप्रति हाम्रो गम्भीर चासो र सरोकार रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता समाचारले पुँजीबजारको स्वच्छता र लगानीकर्ताको मनोबलमा गम्भीर नकारात्मक असर गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ ।’

ती समाचारमा अध्यक्ष हमालप्रति लगाइएका आरोपहरुप्रति स्वयं अध्यक्ष हमाल र अर्थ मन्त्रालयले आफ्नो धारणा स्पष्ट पार्न र सत्यतथ्य सार्वजनिक गर्न विज्ञप्तिमा माग गरिएको छ ।

यदि धितोपत्र बोर्ड र त्यसका अध्यक्षविरुद्ध आधारहीन कपोकल्पित भ्रामक तथ्यहीन कथा बुनेर पुँजीबजारजस्तो संवेदनशील क्षेत्रका बारेमा जथाभावी लेख्ने र सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने कार्य गरिएको हो भने सम्बन्धित सञ्चार माध्यमहरुलाई जिम्मेवार र जबाफदेही बनाउने कार्य गर्न सम्बन्धित निकायसँग संघले माग गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १८:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।