Logo

कर्पोरेट फोकस

ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई’ मुद्दति खाता : नयाँ विशेषताका साथ अझै उत्कृष्ट



ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दति खाता योजना ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्दति खातालाई परिमार्जन गरी यो योजना सञ्चालनमा ल्याइएको हो ।

यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढी टेवा पुग्ने बैंकले जनाएको छ ।

दुई लाख रुपैयाँ न्यूनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति खातामा आकर्षक ब्याज प्राप्त हुनेछ। यो खाता ६ महिनादेखि २ वर्षसम्मका लागि खोल्न सकिनेछ। बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो योजनामा रु. ५० हजारभन्दा माथिको रकम आवश्यकताअनुसार म्याद पुग्न ३ महिना अगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था पनि रहेको छ ।

यस खातासँगै बैंकले निक्षपकर्ताको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बीमा र १ लाख रुपैयाँसम्मको औषधोपचार बीमा उपलब्ध गराइदिनेछ ।

यसका साथै यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड (पहिलो वर्ष), लकर शुल्कमा सतप्रतिशत छुट (पहिलो वर्ष) र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा (पहिलो वर्ष) उपलब्ध गराइनेछ। यसका साथै बैंकले साविक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउनेछ ।

यसै योजनाअन्तर्गत निश्चित अवधिको मुद्दति खाता खोल्ने ग्राहकले घर कर्जाको सेवा शुल्कमा विशेष छुटसमेत पाउनेछन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवामा थप सुविधा उपलब्ध गराउने उद्देश्यले समय समयमा यस्ता योजनाहरु ल्याएर बचतकर्ताहरुलाई लाभान्वित गर्दै आएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार २२:०६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।