Logo

कर्पोरेट फोकस

बैंकको ब्याजदर बढ्दा उत्पन्न समस्या हल गर्न तत्काल कदम चाल्नुपर्छ : राष्ट्रपति भण्डारी



राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकको ब्याजदर वृद्धिबाट उत्पन्न समस्या हल गर्नका लागि तत्काल कदम चाल्नुपर्ने बताएकी छिन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकको ब्याजदर वृद्धिबाट उत्पन्न समस्या हल गर्नका लागि तत्काल कदम चाल्नुपर्ने बताएकी छिन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्,‘वित्त नीति र मौद्रिक नीतिको सामाञ्जस्यपूर्ण कार्यान्वयनबाट मात्रै आर्थिक सुधार हुन्छ । तरलता अभावमा ब्याजदर बढेकाले उद्योगी मात्रै होइन, आमजनलाई समेत असर पारेको छ ।’

देशको आर्थिक अवस्था जटिल मोडमा रहेको उल्लेख गर्दै दीर्घकालीन समस्याको समाधान खोज्नु जरुरी रहेको बताएकी छिन्। यथेस्ट स्रोतको अभाव, कमजोर आर्थिक वृद्धिदर, बढ्दो मुद्रास्फिति र आर्थिक घाटाका विषयमा गम्भीर बन्नुपर्ने बताएकी छिन् ।

‘विश्वव्यापीकरणको यो युगमा हाम्रो प्रयास प्रयाप्त हुँदैन । अर्थतन्त्रको समस्या आफ्नै कारणले मात्रै हुँदैन। कोरोना र डेंगु महामारीले समस्या सिर्जना गरेका हुन् तर यिनलाई देखाएर पन्छिने छुट छैन,’ उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले किसानले मल अभाव झेल्ने समस्याको अन्त्य गर्न समयमै रासायनिक मल उपलब्ध गराइनुपर्ने पनि बताएकी छन् । संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई शुक्रवार सम्बोधन गर्दै राष्ट्रपतिले जैविक र रासायनिक मलको उचित प्रयोगमा ध्यान दिनुपर्ने बताइन् । राष्ट्रपतिले अर्थतन्त्रका सूचकमा केही सकारात्मक संकेत आए पनि खतरा नघटेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार ०८:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।