Logo

कर्पोरेट फोकस

भोलि अत्यावश्यक बैंकिङ सेवा बन्द नहुने



भोलि अर्थात् फागुन १ गते सोमबार सार्ववजनिक विदा भए पनि अत्यावश्यकीय बैंकिङ सेवा बन्द नहुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सरकारको निर्णयानुसार सोमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा भएपनि नगद कारोबार, चेक क्लियरिङ आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा दिइने बताएको छ ।

भोलि विहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा दिने व्यवस्थाका मिलाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सूचित गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार २२:५७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।