Logo

कर्पोरेट फोकस

नेपालटरमा लुम्बिनी विकास बैंकको शाखा विस्तार



लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले बुधबार थप एउटा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ ।

बैंकले ८९औँ शाखाका रुपमा काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटार शाखाको सुरुआत गरेको हो । बैंकको नेपालटार शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराई र तारकेश्वर नगरपालिका–११ का वडाअध्यक्ष कविराज बस्नेतले संयुक्त रुपमा गरे ।

कार्यक्रममा बैंकका सञ्चालकहरु प्रविण कृष्ण श्रेष्ठ, अर्जुन थापा र अंजु कुमारी गुप्ताको उपस्थिति थियो । यसका साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीबाट सञ्चालित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले बैंकको संक्षिप्त चिनारीसहित स्वागत मन्तव्य राखेका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको आज थप एक नयाँ शाखाको उद्घाटन भएसँगै बैंकको विभिन्न स्थानहरुमा गरी जम्मा ८९ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर स्थापना भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार २१:५८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।