Logo

कर्पोरेट फोकस

एभरेष्ट बैंकले प्युजो र सिट्रोन गाडी किन्नेलाई सस्तोमा सजिलै कर्जा दिने



प्युजो र सिट्रोन आधिकारीक विक्रेता सांग्रीला मोटोर्स प्राइभेटले विक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्सबीच शुक्रबार यसबारे सम्झौता भएको छ ।

दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रीला मोटोर्स प्रा.लि.को तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकका सबै शाखाहरूबाट‍ सुलभ ऋण सुविधाहरू सजिलै उपलब्ध हुनेछ ।

बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्ने बैंकले बताएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार ०७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।