Logo

प्रमुख समाचार

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले



हेटौँडा । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरिएको हो ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले शुक्रबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै एमाले सरकारबाट बाहिरिएर सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए । एमालेका चार मन्त्रीहरुले सामूहिक रुपमा सरकारबाट बाहिरिने घोषणा गरे ।

गत पुस २५ गते माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वमा प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो । बागमतीमा प्रदेश सभामा २७ प्रदेश सभा सदस्य रहेका थिए ।

एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १४:३५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।