Logo

उद्योग

नेपाल उद्योग बाणिज्य महासंघ : वरिष्ठ उपाध्यक्षमा अन्जन सर्वसम्मत



नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

उद्योग बाणिज्य महासंघको पहिलो चरणमा भएको निर्वाचनमा कोही उम्मेद्‍वारले ५१ प्रतिशत मत कटाउन नसकेपछि दोश्रो चरणको तयारी गरेको थियो । दोश्रो चरणको निर्वाचन हुनुअघि सहमतिका लागि केही समय मागेका उम्मेद्‍वारहरुले वरिष्ठ उपाध्यक्षमा अन्जनको पक्षमा सहमति गरेपछि उनी सर्वसम्मत चयन भएका हुन् ।

श्रेष्ठ चयन भएपनि घोषणा हुन् बाँकी रहेको छ । महासंघ वरिष्ठ उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ प्रतिस्पर्धामा रहेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार ०८:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।