Logo

अन्तर्राष्ट्रिय

अमेरिकाले एक वर्षमा अफगानिस्तानमा खसालेजति बम इजरायलले गाजा क्षेत्रमा ६ दिनमै खसाल्यो



एजेन्सी । इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्र ध्वस्त पारेको छ । त्यहाँका नागरिकहरुलाई त्रसिद बनाएर इजरायलले बिजुली, इन्धन तथा खानेपानीको आपूर्ति नै रोकिदिएको छ ।

स्टक रहेको इन्धन सकिएपछि गाजा क्षेत्रमा अस्पतालहरुले पनि काम गर्न पाएका छैनन् । इजरायलले आफ्ना बन्दी बनाइएका नागरिकहरुलाई नछुटाएसम्म गाजामा गरेको नाकाबन्दी नखोल्ने बताएको छ । उसले त्यहाँ निरनतर बम खसालिरहेको छ । हिजो एकै दिन इजरायलले गाजा क्षेत्रमा गरेको हमलामा २०० भन्दा बढी नागरिकको ज्यान गएपछि इजरायलली कदमको आलोचना भएको छ ।

 

इरानका मानिसहरु सडकमा इजरायलविरुद्धकाे प्रदर्शनमा

उता हमास समूह पनि इजरायलविरुद्ध लडिरहेको छ । हमासले आजै १५० रकेट इजरायलमा प्रहार गरेका छ तर त्यसलाई इजरायलले राेक्याे वा क्षति भयाे भन्ने विषय खुलेकाे छैन् । उसले आफ्ना नागरिकलाई ‘इजरायलले धेरै मानिस हताहति पारेको भनेर प्रोपागाण्डा फैल्याएको’ भन्दै नआत्तिन प्यालेस्टाइनीहरुलाई अनुरोध पनि गरेको छ ।

हमासले आज प्रहार गरेकाे रकेट

संयुक्त राष्ट्रसंघले इजरायललाई मानवीय सहायता गाजा क्षेत्रमा भित्र्याउने वातावरण बनाइदिन अनुरोध गरिरहेको छ । यूएनले अन्तर्राष्ट्रिय मानवीय सहायताको नियम पूर्ण रुपमा स्वीकार गर्न इजरायललाई अनुरोध गरेको छ । उता युनाइडेड नेशन इन्टरनेस्नल चिल्डेन फर इमर्जेन्सी फण्ड (युनिसेफ)ले इजरायलले गाजामा प्रहार गरेको बमबाट धेरै बालबालिका मारिएको र धेरै घाइते भएको भन्दै तत्कालै उक्त कदम रोक्न भनको छ ।

 

प्यालेस्टाइनी नागरिकहरु गाजाबाट सुरक्षित क्षेत्र खाेजेर गाजा क्षेत्र छाेड्दै
प्यालेस्टाइनी नागरिकहरु गाजाबाट सुरक्षित क्षेत्र खाेजेर गाजा क्षेत्र छाेड्दै
प्यालेस्टाइनी नागरिकहरु गाजाबाट सुरक्षित क्षेत्र खाेजेर गाजा क्षेत्र छाेड्दै

 

टोकियोको राजधानीमा प्यालेस्टाइनको पक्षमा प्रदर्शनहरु भएका छन् । प्यालेस्टाइनका स्वास्थ्य मन्त्रीले विश्वभरका देशहरुलाई सहायता पठाउन अनुरोध गरेका छन् । ब्रिटेनमा पनि इजरायल र प्यालेस्टाइनको विषयलाई लिएर विवाद चुलिने अवस्था देखिएको छ । प्यालेस्टाइनको पक्षमा सडकमा विरोध जनाएको भन्दै प्रहरीले ब्रिटेनमा प्रदर्शनकारीलाई पक्राउ गरेपछि विवाद चुलिएको हो । धेरैले प्रहरीको उक्त कदमप्रति बिरोध जनाएका छन् । उता ब्रिटेनले भने इजरायललाई सहायता सामाग्री पठाइरहेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन इजरायलमै आएर हिजै थप सहायता पठाउने आश्वासन दिएका थिए । उता प्यालेस्टाइनको गाजा क्षेत्रमा भने सहायता पठाउन चाहे पनि इजरायलले नाकाबन्दी गरिदिएकाले सम्भव भएको छैन । समाचारहरुमा इजरायलले गाजाका नागरिकहरुलाई २४ घण्टाभित्र गाजा छाड्न निर्देशन दिएको जनाइएको छ । तर यो विषयको पुष्टि भने भएको छैन ।

 

प्यालेस्टाइनी नागरिककाे पक्षमा भेनेज्वयलाका नागरिकहरु सडक प्रदर्शनमा

अहिलेसम्म इजरायल प्यालेस्टाइनको द्वन्द्वमा २५८ जना इजरायली सैनिकको मृत्यु भएको इजरायलले जनाएको छ । युद्धमा १५ सयभन्दा धेरै प्यालेस्टाइनीहरुको मृत्यु भएको बताइएको छ भने १३ सयभन्दा बढी इजरायलीहरुको ज्यान गएको बताइएको छ ।

इरानमा हजारौं नागरिकहरु सडकमा उत्रिएर प्यालेस्टाइनको समर्थन गरेका छन् । त्यस्तै युएनले आफ्ना केही अधिकारीलाई गाजा क्षेत्रमा पठाएको छ । टर्कीले इजिप्ट हुँदै खानेकुरा र औषधि सहायता गाजा क्षेत्रमा पठाएको छ । र प्यालेस्टाइनीहरु गाजा शहरबाट सुरक्षित स्थानतर्फ सरिरहेका छन् ।

याे पनि पढ्नुहाेस्

गाजा सहर खाली गर्न सर्वसाधारणलाई इजराइली सेनाको आदेश

हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिङ्केन

के अरब इस्लामिक देशहरू प्यालेस्टाइनकाे पक्षमा एकजुट हाेलान ?

दोस्रो विश्वयुद्धकाे शैलीमा प्यारासुटबाट हमासले कसरी इजरायलमा आक्रमण गर्‍याे?

इजरायलले उर्जा, इन्धन र खानेपानी राेकिदिएपछि गाजामा अस्पतालकाे सेवासमेत ठप्प हुँदै

 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १६:२१   :  बजे

1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।