Logo

लोकसेवा

ठूलो संख्यामा प्रशासकीय अधिकृत र उपसचिवको सरुवा



३७ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४९ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज तथा सरुवा गरेको हो ।

२० जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका नवनियुक्त उपसचिवलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत एवम अन्य विभिन्न निकायमा पदस्थापन तथा कामकाजमा खटाएको छ । बाँकी २८ जना विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र अन्य निकायमा कार्यरत उपसचिवको सरुवा तथा कामकाजमा खटाइएको हो।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १८:०६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।