Logo

प्रमुख समाचार

जसपा नेपाल केन्द्रीय समितिको नामावली सार्वजनिक (सूचीसहित)

उपेन्द्र यादव जसपाको एकल पदाधिकारी



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । जेठ अन्तिममा भएको महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो ।

महाधिवेशनबाट निर्विरोध चयन भएका अध्यक्ष यादवले आज २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । अहिले जसपामा अध्यक्ष यादवमात्रै पदाधिकारी छन् भने ९ कार्यकारिणी सदस्य रहेका छन् ।

जसपामा अध्यक्षसहित सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ हुने व्यवस्था छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १२:०८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।