काठमाडौं । उपसभामुख इन्दिरा रानामाथि प्रतिनिधि सभाको बैठकमै प्रश्न उठेको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसका सांसद रामहरि खतिवडाले असम्बन्धित पाँच जना व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेको बताए । यसलाई उनले मानव तस्करसँग जोडेर ब्याख्या गरे ।
‘संसदसँग कुनै साइनो नभएका पाँच जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाका भिसाको लागि अन्तरर्वार्ताका लागि प्रयोग गरेको पत्र प्राप्त भयो । यस्तो अवस्थामा उपसभामुखले अब संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?’ सांसद खतिवडाले भने ।
उपसभामुख रानाले पनि संसदभन्दा बाहिर बसेर छानबिनका लागि सहयोग गर्नुपर्नेम उनको माग छ ।




















प्रतिक्रिया