हेटौंडा । बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले दाबी पेश गरेका छन् ।
कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदकाे समर्थनसहित लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए । मंगलबार नै साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेकाे प्रदेश प्रमुख कार्यालयले जानकारी दिएकाे छ ।
बागमतीमा मन्त्रालय भागबण्डामा कांग्रेस-एमालेबीच सहमति भइसकेकाे छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएकाे कांगेस नेता लामाले जानकारी दिए ।




















प्रतिक्रिया