काठमाडाैं । प्रस्तावित निर्वाचन आयुक्तमा कृष्णमान प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ ।
सोमबार बिहान ११:३० बजे बस्ने गरी तय भएको बैठक सोमबार अपराह्न ५ बजेसम्मका लागि स्थगित गरिएको हो ।
संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले ११:३० बजे बस्ने गरी बोलाइएको बैठक अपराह्न ५ बजे बस्ने गरी सारिएको जानकारी दिए ।
२ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।




















प्रतिक्रिया