काठमाडाैं । नेकपा एमालेकाे उपाध्यक्षमा गुरु बराल मनोनीत भएका छन् ।
बसेरा होटलमा बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्षमा बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङको २०८० भदौ २६ गते निधन भएको थियो। त्यसयता उपाध्यक्ष पद रिक्त थियो ।
साथै स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने, लिलानाथ श्रेष्ठलाई मनोनीत गरिएको छ । साथै सातै प्रदेश इन्चार्ज पनि तोक्ने निर्णय भएको छ ।




















प्रतिक्रिया