काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले डा. ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
यसअघि सचिवालयले सोधेको स्पष्टीकरणको जवाफ ढकालले दिइसकेका छन् । केन्द्रीय अनुशासन आयोगले उनका पछिल्ला गतिविधिबारे प्रतिवेदन बुझाइसकेको छ ।
‘तपाईंलाई साधारण सदस्यबाट किन निष्काशन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने र सफाइको मौका दिने निर्णय गरिएको हो। यसअघि सचिवालयले त्यस्तो स्पष्टीकरण सोधेको थियो,’ झाले भने, ‘२४ घन्टे स्पष्टीकरण सोध्नुपर्छ र सफाइको मौका दिनुपर्छ भन्ने केन्द्रीय सदस्यहरूको सुझावको आधारमा त्यो निर्णय गरिएको हो।’
अब साधारण सदस्यसमेतबाट हटाउने तयारी स्वरूप अन्तिम पटक स्पष्टीकरण सोधिएको हो ।




















प्रतिक्रिया