काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसद नारायण खड्काले प्रश्न सोधेपछि प्रश्न हो कि सुझाव पत्र हो भन्दै ओलीले कटाक्ष गरेका छन् ।
आजको बैठकमा १३ जनाले नाम टिपाएका छन् । प्रश्नोत्तरको समय एक घण्टा राखिएको सभामुखले जानकारी गराए । त्यसको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खड्काको प्रश्न कहाँनिर हो भन्ने आफूले पत्ता लगाउन नसकेको बताए ।
“माननीय सदस्यले प्रश्न कहाँनिर गर्नुहुन्छ भनेर ध्यानपूर्वक सुनिरहेको थिएँ । खासमा प्रश्न फेला पार्नै मुस्किल पर्यो,” प्रधानममन्त्री ओलीले भने, “यो प्रश्नभन्दा पनि सुझावपत्र जस्तो छ । यसमा प्रश्नमा भन्दा पनि सोलुशन आफैँमा आएको छ ।”




















प्रतिक्रिया