Logo

राजनीति

रास्वपाको केन्द्रीय समितिकाे बैठक मंगलबार बस्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक ११ भदौमा बस्ने भएको छ ।

मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा समसामयिक पार्टी गतिविधि, राष्ट्रिय भेलाको तयारी, अनुशासनात्मक कारवाही र स्थानीय छाया सरकार कार्यविधिबारे छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए ।

१० साउनमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आईतवार १५:५६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।