Logo

प्रमुख समाचार

जसपा नेपालले छान्यो पदाधिकारी, रकम चेम्जोङ बने सहअध्यक्ष



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी र कार्यकारिणी सिमितिले पूर्णता पाएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय समितिलाई पूर्णता दिएका हुन् ।

अध्यक्ष यादवले पार्टीको सहअध्यक्षमा रकम चेम्जोङलाई मनोनीत गरेका छन् भने उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्यलाई मनोनीत गरेका छन् ।

यस्तै, महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा रहेका छन् भने उपमहासिचवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादवलाई मनोनीत गरेका छन् ।

सचिवहरूमा लिला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, लाक्पा शेर्पा र कमरुद्धीन राई रहेका छन् । कोषाध्यक्षमा सुरिताकुमारी साह मनोनीत भएकी छन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार ११:५६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।