Logo

प्रमुख समाचार

देउवाले बोलाए दुई महामन्त्रीलाई छलफलमा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिवेदनमाथि छलफल गर्न नेताहरुलाई बाेलाएका छन् । मंगलबार बिहान ११ बजे देउवाले आफ्नो निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएका हुन् ।

सभापति देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बाेलाएका हुन् ।

दुई महामन्त्रीले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित गर्ने गरी छलफल गर्न देउवाले बैठक बोलाएको कांग्रेसका एक नेताले जानकारी गराएका छन् ।

२३ साउनदेखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेण्डाहरु माथि छलफल भइरहेको छ ।

गत फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जित सहित पारित गर्ने निर्णय गरेर प्रतिवेदनको निर्णय लिने अधिकार केन्द्रीय समितिलाई दिएको छ ।

जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने प्रतिवेदन पेश गरेका छन् । ‘पार्टी संगठन र समर्थक-शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमत सहितको लोकप्रिय पार्टीको रूपमा स्थापित गर्नेछौं,’ थापाको प्रतिवेदनमा भनिएको छ ।

२३ साउनदेखि बसिरहेको केन्द्रीय समिति बैठक १२ भदौमा सकिँदैछ । बैठकमा सभापति, उपसभापति र महामन्त्री गरी पाँच जना बोल्न बाँकी छन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार १४:५२   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।